धरानमा ‘कुमारी’ को विशाल होर्डिङ, नेपालकै सबैभन्दा ठूलो पोस्टर दावी

KalakarmiKalakarmiSourceJan 11, 20261 min read
धरानमा ‘कुमारी’ को विशाल होर्डिङ, नेपालकै सबैभन्दा ठूलो पोस्टर दावी
धरान– आगामी माघ २३ गते प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘कुमारी’ ले प्रवर्द्धनका लागि नेपाल मै अहिलेसम्म कै सबैभन्दा ठूलो पोस्टर सार्वजनिक गरेको छ । धरानस्थित फ्रेन्ड्स सिनेमा हल रहेको ८ तल्ले भवन पूरै छोपिने गरी यो फिल्मको होर्डिङ बोर्ड राखिएको हो । ३२०० स्क्वायर फिट (४० बाई ८० फिट) क्षेत्रफलको उक्त होर्डिङ बोर्डको पोस्टर छपाइमै करिब ८० हजार रुपैयाँ खर्च भएको बताइएको छ । नेपालमै छापिएका र जडान गरिएका पोस्टरहरूमध्ये ‘कुमारी’ को पोस्टर नै सबैभन्दा ठूलो भएको दावी निर्माण पक्षले गरेको छ । धरानको व्यस्त क्षेत्रमै राखिएको विशाल पोस्टरले फिल्मप्रति ...