काठमाडौं- नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण आगामी वर्षको बैशाख १० देखि १२ गतेसम्म आयोजना हुने भएको छ। सेलिब्रेटी नेपालको आयोजनामा हुन लागेको महोत्सवका लागि नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित फिल्महरू दर्ता गर्न आह्वान गरिएको छ।
महोत्सवमा गाउँले परिवेश झल्किने स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री, फिचर फिल्म तथा विभिन्न भाषाभाषीका चलचित्रहरू सहभागी हुन सक्ने आयोजकले जनाएको छ। प्राप्त फिल्महरूमध्ये निर्णायक मण्डलबाट छनोट भएका चलचित्रहरू महोत्सवमा प्रदर्शन गरिनेछ भने उत्कृष्ट फिल्महरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ।
नेपाली मौलिक चलचित्रप्रति दर्शकको आकर्षण बढाउनु, नियमित रूपमा फिल्म हेर्ने संस्कार विकास गर्नु, ग्रामीण कथामा आधारित फिल्मलाई अन्तर्राष्ट्रिय ...
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करणका लागि फिल्म आह्वान


