बंगलादेशी ‘हांगोर’ को फर्स्टलूकमा ड्यासिङ देखिए नेपाली अभिनेता अग्रहरी

KalakarmiKalakarmiSourceJan 9, 20261 min read
बंगलादेशी ‘हांगोर’ को फर्स्टलूकमा ड्यासिङ देखिए नेपाली अभिनेता अग्रहरी
काठमाडौं– नेपाली अभिनेता प्रमोद अग्रहरीले बंगलादेशी फिल्ममा डेब्यू गरेका छन् । दर्जनौँ नेपाली फिल्म तथा रंगमञ्चका नाटकहरुमा अभिनय गरिेर दर्शकको मन जित्नै आएका अभिनेता अग्रहरीद्वारा मुख्य भूमिका निर्वाह गरिएको बंगलादेशको फिल्म ‘हांगोर’ को फर्स्टलूक सार्वजनिक भएको छ । रावायण, अगस्त्य, पिताम्बर आदि फिल्ममा खुँखार खलनायकको चरित्र निर्वाह गरेका अभिनेता अग्रहरीले बंगलादेशी फिल्ममा अभिनय गर्ने चर्चाबीच बिहीवर यसको फर्स्टलूक सार्वजनिक भएको हो । बंगलादेशी फिल्ममा नेपाली कलाकारले शीर्ष भूमिका निर्वाह गर्नुलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । बंगलादेशी निर्देशक ट्यानमोइ सोर्जोको निर्देशनमा बनेको फिल्म ‘हांगोर’ मा अभिनेता अग्रहरीले सार्क अर्थात हांगोर नामक ...