काठमाडौं- फिल्म ‘किन लाग्छ माया’को पहिलो गीत सार्वजनिक गरिएको छ । पोष्टरपछि यसको निर्माणपक्षले गीत रिलिज गरेको हो ।
कुबेर तामाङको निर्देशनमा तयार भएको यो फिल्मको प्रदर्शन मिति सन् २०२६ लाई तोकिएको छ । सार्वजनिक ‘धौले धन्सार’ बोलको गीतलाई लोक शैलीमा तयार पारिएको छ । पुष्कर सुनुवार, शान्तीश्री परियार र गोपाल ढकाल ‘छन्दे’को यो गीतमा स्वर छ । डाक्टर अशाबहादुर तामाङको शब्द रहेको यो गीतमा पुष्कर सुनुवारको संगीत छ ।
गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । अडियो सुमधुर छ । सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु सञ्जित भण्डारी, ...


