काठमाडौं– हरेक मानिसको जीवनशैलीको एक अभिन्न अंग बनेको सोसल मिडिया अर्थात सामाजिक सञ्जालकै विषयमा आधारित फिल्म ‘भाइरल गोर्खे’ अहिले चर्चाको शिखरमा छ । सोसल मिडियामा समेत यो फिल्मको चर्चा चुलिएको छ । सोसल मिडियाले मानिसको जीवनमा पारेको प्रभाव तथा अहिलेको समयलाई केन्द्रमा राखेर बनेको ‘भाइरल गोर्खे’ यही माघे संक्रान्ति अर्थात माघ १ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
यो फिल्ममा अभिनेता सौगात मल्ल तथा अभिनेत्री सृष्टि श्रेष्ठ लामो समयपछि एउटै पर्दामा देखिँदैछन् । त्यसैले पनि दर्शकमाझ यो फिल्म प्रतिक्षित बनेको छ । साढे दुई महिनाअघि यो फिल्ममा समावेश गीत ‘बतासैले उडाइ लग्यो’ ...


