काठमाडौं– अघिल्लो वर्षको सफल फिल्म ‘बोक्सीको घर’ का मेकरले नयाँ नेपाली फिल्म ‘पेट्रोल पम्प’ निर्माण गर्ने घोषणा गरेका छन् ।
अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले सामाजिक सञ्जालमा निर्देशक सुलक्षण भारती तथा निर्माता राज घिमिरेसंगको तस्विर शेयर गर्दै ‘बोक्सीको घर’ पछि उक्त समुहले नयाँ फिल्म ‘पेट्रोल पम्प’ निर्माण गर्ने घोषणा गरेकी हुन् ।
सञ्जालमा अभिनेत्री अधिकारीले ‘पुनः सहकार्यको यो यात्रामा हामी ‘बोक्सीको घर’ टिम एकपटक फेरि एउटै सपना बोकेर अगाडि बढिरहेका छौँ’ भनेकी छिन् ।
‘कलाप्रतिको प्रेम, सिनेमाप्रतिको इमान्दारी तथा कथाप्रतिको गहिरो सम्मानले हामीलाई फेरि एकसाथ बाँध्यो’ अधिकारीले भनेकी छिन्– ‘बोक्सीको घर’ लाई यहाँहरुले ...
‘पेट्रोल पम्प’ बनाउँदै केकी


