चर्चाभन्दा कर्ममा विश्वास गर्ने कलाकार आरपी पन्त

KalakarmiKalakarmiSourceJan 5, 20261 min read
चर्चाभन्दा कर्ममा विश्वास गर्ने कलाकार आरपी पन्त
काठमाडौं– वरिष्ठ कलाकार आरपी पन्त नेपाली कला तथा पर्यटन क्षेत्रको एक परिचित नाम हो । कलाकार तथा व्यवसायी दुवै रूपमा लामो समयदेखि सक्रिय पन्तको जीवन यात्रा संघर्ष, अनुशासन र निरन्तर साधनाले भरिएको छ । अभिनय, टेलिभिजन, फिल्म, पर्यटन व्यवसाय र संस्थागत नेतृत्व- यी सबै क्षेत्रमा उनले आफूलाई फरक ढंगले स्थापित गरेका छन् । कलाकारिताप्रतिको रुचि पन्तमा सानैदेखि थियो । प्रारम्भमा गायनप्रति गहिरो चाहना भएपनि स्वरले साथ नदिएपछि उनी नाटकतर्फ आकर्षित भए । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा मञ्चन हुने नाटकहरूमा सहभागी हुँदै उनले अभिनयको औपचारिक शिक्षा लिए । स्वर्गीय प्रचण्ड मल्लबाट ...