नेवारी भर्सनमा रेकर्ड भयो ‘आ बाट आमा’ को गीत ‘लैजा खबर ए हावा….’

KalakarmiKalakarmiSourceJan 3, 20261 min read
नेवारी भर्सनमा रेकर्ड भयो ‘आ बाट आमा’ को गीत ‘लैजा खबर ए हावा….’
काठमाडौं– विपना थापा तथा पल शाहको मुख्य भूमिकामा रहेको फिल्म ‘आ बाट आमा’ मा एउटा नेवारी गीत राखिने भएको छ । निर्माण टिमले यस फिल्ममा समावेश गीत ‘लैजा खबर ए हावा ’ लाई नेवारी भर्सनमा पनि रेकर्ड गराएको छ । रिलिज भएसँगै चर्चामा रहेको यस गीतलाई निर्देशक चन्द्र पन्तले नेवारी समुदायलाई लक्षित गर्दै नेवारी भाषामा यो गीत रेकर्ड गरेका छन् । गीतलाई यमन श्रेष्ठले नेवारी भर्सनमा गाएका हुन् । बाबुल गिरीको शब्द रचनामा नेपाली भाषामा गाएको यो गीतलाई यमनले नेवारीमा गाउन पाउँदा एकदमै खुशी लागेको प्रतिक्रिया दिएका छन् । ...