काठमाडौं– नयाँ नेपाली फिल्म ‘बम बिहारी’ को शुभ मुर्हत गरिएको छ । बुधवार भक्तपुरमा रहेको हनुमान मन्दिरमा पूजा गर्दै यो फिल्मको मुर्हुत गरिएको हो ।
यो फिल्मको बुधवारदेखि नै छायांकन प्रारम्भ गरिएको छ । यो फिल्मलाई डिएमएस मल्लले निर्देशन गर्दैछन् । उनको यो डेब्यु निर्देशकीय फिल्म हुनेछ । उनले यो भन्दाअघि धेरै वटा म्युजिक भिडियोको निर्देशन गरेका छन् ।
फिल्मको छायांकन तालिका एक महिना राखिएको निर्देशक मल्लले जानकारी दिएका छन् । उनका अनुसार छायांकन काठमाडौंसँगै नेपालगञ्जमा पनि हुनेछ । प्रारम्भमा काठमाडौंमा एक सातासम्म छायांकन गरेपछि फिल्मको युनिट नेपालगञ्जतर्फ लाग्ने छ ।
नेपाली भूमिकी ...
बन्ने भयो नयाँ नेपाली फिल्म ‘बम बिहारी’


