उर्लाबारी– कवि, लेखक, कलाकार तथा निर्देशक उपेन्द्र सुब्बासँग उर्लाबारी नगरपालिका–६ स्थित राधिका माध्यमिक विद्यालयका विद्यार्थीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयको सभा हलमा आयोजित कार्यक्रममा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले साहित्य, सिर्जना प्रक्रिया, अभिनय, जीवन संघर्ष तथा सफलता सम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए ।
कार्यक्रममा निर्देशक सुब्बाले विद्यार्थीहरूको प्रश्नलाई सरल, सहज तथा प्रेरणादायी ढंगले सम्बोधन गरेका थिए ।
निर्देशक सुब्बाले आफ्नो जीवन यात्रा, लेखन तथा सिर्जनाका क्रममा भोग्नु परेका संघर्ष, कृतिहरूको निर्माण प्रक्रिया तथा सफलताका अनुभव विद्यार्थीहरूसँग साझा गरेका थिए ...
उपेन्द्र सुब्बासँग राधिका माविका विद्यार्थीको अन्तरक्रिया


