बस्यालको नेतृत्वमा चलचित्र पत्रकार संघ नेपाल कास्की शाखा

KalakarmiKalakarmiSourceDec 29, 20251 min read
बस्यालको नेतृत्वमा चलचित्र पत्रकार संघ नेपाल कास्की शाखा
पोखरा– चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाको अध्यक्षमा सन्तोष बस्याल निर्वाचित भएका छन् । शनिवार आयोजित छैटौं अधिवेशन तथा सातौं साधारण सभाबाट बस्याल अध्यक्ष पदमा निर्वाचित भएका हुन् । गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाद्वारा उद्घाटित साधारण सभाबाट अध्यक्ष बस्यालसहित १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । कार्यसमिति उपाध्यक्षमा गौरव त्रिपाठी, सचिवमा सुरेश सुनार, सहसचिवमा सिद्धार्थ गौतम तथा कोषाध्यक्षमा सुरक्षा श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यहरुमा राकेश गुरुङ, प्रेम थापा, विनिता सुनार, सुरज थापा, सागर ढकाल, सुष्मा नेपाली, अभिनन्दन बजिमय तथा नारायण पौडेल चयन ...