बक्स अफिस रिपोर्टः ‘झरीपछिको इन्द्रेणी’ ले कमायो मात्र ६२ लाख ६९ हजार रुपैयाँ

KalakarmiKalakarmiSourceDec 29, 20251 min read
बक्स अफिस रिपोर्टः ‘झरीपछिको इन्द्रेणी’ ले कमायो मात्र ६२ लाख ६९ हजार रुपैयाँ
काठमाडौं– गत मंसिरमा सुस्त रहेको नेपाली फिल्मको व्यापार पुस महिना लागेपछि केही सुधारिएको देखिएको छ, यद्यपि अपेक्षा गरेको फिल्मले सोचे जस्तो व्यापार गर्न नसक्दा मेकरहरु चिन्तित हुन थालेका छन् । अघिल्लो सातादेखि प्रदर्शनमा आएको अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित फिल्म ‘झरीपछिको इन्द्रेणी’ ले पुस महिनामा दर्शकलाई सिनेमा हलमा फर्काउने अपेक्षा गरिएको थियो । यद्यपि, चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो बक्स अफिस रिपोर्ट अनुसार यो फिल्मले प्रदर्शनको ९ दिनमा घरेलु बक्स अफिसमा एक करोडको आँकडा छुन नसकेको पाइएको छ । सोमवार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार ‘झरि पछिको ...