‘बिगुल’ को जागरण गीतमा चुनावी माहौलको झल्को (भिडियो)

KalakarmiKalakarmiSourceDec 28, 20251 min read
‘बिगुल’ को जागरण गीतमा चुनावी माहौलको झल्को (भिडियो)
काठमाडौं– प्रदर्शनको तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘बिगुल’ को राष्ट्रिय भावनाले ओतप्रोत गीत सार्वजनिक भएको छ । आइतवार यूट्युबमार्फत सार्वजनिक यो गीतका शब्दहरु नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रचना गरेका हुन् । शर्माद्वारा नै संगीतबद्ध यो गीतमा गायक राजेश पायल राईको स्वर सुन्न सकिन्छ । यो गीतको भिडियोमा फिल्म ‘बिगुल’ का सबै प्रमुख कलाकारलाई प्रस्तुत गरिएको छ । रमेश कोइरालाको निर्देशनमा बनेको फिल्मका कथाकार तथा निर्माता दिनेश कोइराला हुन् । आगामी माघ ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने यो फिल्मको यो गीतमा देशप्रेम, राष्ट्रभक्ति, समावेशिता, शान्ति तथा जनजागरणको सन्देश प्रस्तुत ...