कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको शुभारम्भ, अभिनेता प्रदीप खड्का भन्छन्– ‘कर्णाली दयाको होइन, गौरवको विषय हो’

KalakarmiKalakarmiSourceDec 26, 20251 min read
कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको शुभारम्भ, अभिनेता प्रदीप खड्का भन्छन्– ‘कर्णाली दयाको होइन, गौरवको विषय हो’
काठमाडौं- ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक शुभारम्भ भएको छ । नेपाली फिल्मको प्रवर्द्धनसँगै फिल्म पर्यटनको सम्भावनालाई उजागर गर्ने उद्देश्यले आयोजना हुँदै आएको यो महोत्सवले सहरदेखि गाउँसम्म फिल्म र पर्यटनलाई जोड्ने लक्ष्य लिएको छ । कर्णालीजस्तो अपार सम्भावनायुक्त क्षेत्र भए पनि पर्यटन तथा फिल्मसँग सम्बन्धित गतिविधि न्यून रहेको अवस्थामा महोत्सवले त्यहाँका कथा, संस्कृति, जीवनशैली, भाषा, भेषभूषा र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने अभियान थालेको हो । महोत्सवका निर्देशक चक्रबहादुर चन्दका अनुसार कर्णालीका लुकेका कथालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने उद्देश्यले ‘गन्तव्य कर्णाली’ अभियान अघि ...