कर्णाली दयाको होइन, गौरवको विषय हो प्रदीप खड्का, कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करण प्रारम्भ

KalakarmiKalakarmiSourceDec 26, 20251 min read
कर्णाली दयाको होइन, गौरवको विषय हो  प्रदीप खड्का, कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करण प्रारम्भ
काठमाडौं- ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक शुभारम्भ भएको छ । बिहीवार आयोजित समारोहमा वन तथा वातावरण मन्त्री माधव चौलागाईं, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसी, वरिष्ठ अभिनेता शिव श्रेष्ठ, अभिनेता तथा सद्भावना दूत प्रदीप खड्का, उद्योग वाणिज्य महासङ्घकी पूर्व अध्यक्ष तथा महोत्सवकी संरक्षक भवानी राणा तथा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियालगायतको उपस्थिति रहेको थियो। नेपाली चलचित्रको प्रवर्द्धनसँगै चलचित्र पर्यटनको सम्भावनालाई उजागर गर्ने उद्देश्यले आयोजना हुँदै आएको यो महोत्सवले सहरदेखि ...