काठमाडौं– नेपाली फिल्म ‘पिआर’ ओटीटी डिजिटल प्लेटफर्म एमएसएम भिडियोमार्फत स्ट्रिमिङ भएको छ । क्रिसमस डेको अवसर पारेर आज बिहीवारदेखि एमएसएम भिडियोमार्फत यो फिल्म दर्शकमाझ आएको हो ।
गत मंसिर २६ गतेदेखि सिनेमा हलमा प्रदर्शन भएको यो फिल्मलाई आजदेखि डिजिटल प्लेटफर्ममार्फत दर्शकमाझ ल्याइएको हो ।
शोभित बस्नेतको निर्देशनमा निर्माण भएको यस फिल्ममा नेपालबाट अस्ट्रेलिया पुगेका युवाहरुको समपना स्थायी आवासीय पत्र (पीआर) प्राप्त गर्नको लागि गर्ने संघर्षको कथालाई देखाउन खोजिएको छ । फिल्मको अधिकांश सुटिङ अष्ट्रेलियामा गरिएको छ ।
सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा आरए सुरज पौडेल, विनिता कार्की, राजन ...
आजदेखि एमएसएम भिडियो ओटीटीमा आयो ‘पीआर’


