काठमाडौं । हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)को डेब्यु निर्देशकीय चलचित्र ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक गरिएको छ । रमाइलो शैलीमा तयार पारिएको यस गीतमा निर्देशक श्रेष्ठ स्वयंको स्वर रहेको छ भने शब्द तथा संगीत बाबुल गिरीको रहेको छ । सबै काममा अब्बल पात्र पढाइमा भने कमजोर रहेको कुरालाई गीतमा रोचक ढंगले प्रस्तुत गरिएको छ
‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक


