अभिनेत्रीपछि अभिनेताको फेक एकाउन्टबाट पनि माग्न थालियो पैसा

KalakarmiKalakarmiSourceDec 24, 20251 min read
अभिनेत्रीपछि अभिनेताको फेक एकाउन्टबाट पनि माग्न थालियो पैसा
काठमाडौं– पछिल्लो समय प्रविधिको दुरुपयोग गरेर अभिनेत्रीहरुको फेक अकाउन्टबाट पैसा माग्ने गरेको घटना एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् । अभिनेत्रीहरु साम्राज्ञी राज्यलक्ष्मी शाह, केकी अधिकारी, स्वस्तिमा खड्का आदि अभिनेत्रीहरुको नाम र तस्विर प्रयोग गरेर पैसा माग्ने गरेको कुरा स्वयं अभिनेत्रीहरुले नै सामाजिक सञ्जालमार्फत जानकारी गराइरहेका छन् । उनीहरुले ती अकाउन्ट आफ्नो नभएको तथा पैसा नदिन र प्रहरीलाई रिपोर्ट गर्नसमेत आग्रह गरिरहेका छन् । यद्यपि, यस्तो घटना अहिलेसम्म अभिनेताहरुमा देखापरेको थिएन, तर केहि समय अगाडिमात्र अभिनेता आकाश श्रेष्ठले पनि आफ्नो नाम र फोटो प्रयोग गरेर ह्वाटअप तथा भाइबरबाट पैसा मागेको कुरा सार्वजनिक ...