स्लिम भएर ‘परि’ झैँ देखिएकी वर्षा भन्छिन्– ‘मेरो लाइफ स्टाइल अनहेल्दी छ’

KalakarmiKalakarmiSourceDec 23, 20251 min read
स्लिम भएर ‘परि’ झैँ देखिएकी वर्षा भन्छिन्– ‘मेरो लाइफ स्टाइल अनहेल्दी छ’
काठमाडौं– पछिल्ला केहि दिनदेखि अभिनेत्री वर्षा राउतका केहि तस्विर र भिडियोले सामाजिक सञ्जाल तताएको छ । उनले आफ्नो जन्मदिनमा गराएको फोटोसूटले त उनको सुन्दरताको वयान नगर्ने कोहि नै थिएन झैँ लाग्छ । अभिनेत्री राउतले आफ्नो जन्मदिनको अवसर पारेर गराएको फोटोसूटको क्रममा खिचिएको एउटा भिडियो पनि शेयर गरेकी छिन् । भिजिनरी मोशन स्टूडियोमा गरिएको उक्त फोटो तथा भिडियोले पुनः एक पटक वर्षाको सुन्दरताको प्रशंसा भइरहेको छ । त्यसै पनि राम्री अभिनेत्री भनेर चिनिने वर्षा, त्यसमाथि स्लिम तथा ग्ल्यामर देखिने गरि गरिएको फोटोसूटले त उनको वाह वाहै नै भइरहेको छ ...