काठमाडौं । चलचित्र विकास बोर्डले गत सातासम्मको बक्स अफिस कलेक्सन विवरण सार्वजनिक गरेको छ । बोर्डले सोमबार सार्वजनिक गरेको विवरण अनुसार हाल प्रदर्शनमा रहेका चलचित्रहरू ‘परान’, ‘हर्ष’, ‘पीआर’, ‘लोकन्ती’ र ‘चिराग’ रहेका छन् । विवरणअनुसार चलचित्र ‘परान’ले अहिलेसम्म सबैभन्दा बढी कमाइ गर्दै १७ करोड ६१ लाख पाँच हजार २८८ रुपैयाँ ग्रस संकलन गरेको छ ।
बक्स अफिसको शीर्ष स्थानमा ‘परान’


