‘मिरमिरे’ को शीर्ष गीतमा त्रिकोणात्मक प्रेमकथा (भिडियो)

KalakarmiKalakarmiSourceDec 22, 20251 min read
‘मिरमिरे’ को शीर्ष गीतमा त्रिकोणात्मक प्रेमकथा (भिडियो)
काठमाडौं– यम शेर्पाको लेखन तथा निर्देशन रहेको नयाँ नेपाली फिल्म ‘मिरमिरे’ को शीर्ष गीत सार्वजनिक भएको छ । यो गीतमा प्रकाश सपूत तथा मेलिना राईको स्वर छ भने शब्द तथा संगीत पनि प्रकाश सपूतकै छ । सार्वजनिक गीत ‘मिरमिरे भो’ मा युवा र युवतीबीचको प्रेम छ । एकले अर्कालाई देखेपछिको आकर्षण छ । सुन्दरताले मोहित पारेको कथा गीतमा छ । युवकको हेराईले युवतीमा पारेको प्रभाव र युवतीको सुन्दरताको बयान गीतमा सुन्न सकिन्छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु छन् । यो गीतको भिडियोमा त्रिकोणात्मक प्रेम ...