काठमाडौं- फिल्म ‘घरज्वाइँ’जस्तो सफल फिल्म निर्देशन गरेका अनिल बुढा मगरले दोस्रो फिल्म ‘मितज्यू’ वर्कसप थालेका छन् ।
उनले शनिवारबाट फिल्मको वर्कसप सुरु गरेका हुन् । वर्कसपमा ,तेरिया फौजा मगर,पुस्कर गुरुङ,राज थापा,सुवर्ण थापा,अनु थापा,स्मिता लामिछाने लगायत रहेका छन् । फिल्ममा कलाकारहरुले गर्ने भुमिकालाई सहज होस भन्ने हिसावले वर्कसप चलाइएको निर्देशक मगरले बताए। उनका अनुसार यो वर्कसप केहि दिनसम्म अझै चल्ने छ ।
फिल्मका निर्माता जनक घर्ती मगरले फिल्मका लागि कलाकारहरुलाई वर्कसपमार्फत आफ्नो भुमिका बारे थप जानकारी होस् भन्ने हेतुले चलाइएको बताए । उनका अनुसार यो फिल्म आगामी माघको पहिलो साताबाट छायांकनमा निस्किने छ।
उनले ...
‘मितज्यू’ टिमले थाल्यो फिल्मको वर्कसप,माघबाट फ्लोरमा जाने


