काठमाडौँ- निर्देशक अनिल बुढा मगरको दोस्रो फिल्म ‘मितज्यू’ को वर्कसप सुरु गरेका छन्। जिएम मुभिजको अफिसमा वर्कसप चलिरहेको निर्देशक मगरले बताए। फिल्ममा कलाकारहरूले गर्ने भूमिका सहज होस् भन्ने हेतुले वर्कसप चलाइएको उनले बताए। उनका अनुसार वर्कसप केहि दिनसम्म चल्नेछ। वर्कसपमा तेरिया फौजा मगर, पुस्कर गुरुङ, थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, पवित्रा खड्कालगायत छन्। […]
वर्कसपमा व्यस्त फिल्म ‘मितज्यू’ निर्माण टिम


