काठमाडौं- अभिनेत्री केकी अधिकारीले आफ्नो नाम र तस्बिरको दुरुपयोग गरी विभिन्न सामाजिक सञ्जालमार्फत पैसा उठाइएको भन्दै आपत्ति जनाएकी छिन् ।
शनिवार सामाजिक सञ्जालमा लेख्दै केकीले आफ्नो नाम र तस्बिरको दुरुपयोग गरी भाइवर र व्हाट्स एप मार्फत पैसा मागिरहेको भन्ने जानकारी प्राप्त भएको बताएकी छिन् ।
उनले भनेकी छिन्- ‘मेरो नाम र तस्बिरको दुरुपयोग गरी भाइवर र व्हाट्सएप मार्फत पैसा मागिरहेको भन्ने जानकारी प्राप्त भएको छ । यो कार्य कानुनी रुपमा पनि दण्डनीय छ ।’
अभिनेत्री अधिकारीले यसरी पैसा माग्नेहरूप्रति सजग रहन पनि सम्पूर्णमा अनुरोध गरेकी छिन् ।
नाम र तस्विर दुरुपयोग गरी भाइवर र व्हाट्सएपमार्फत पैसा मागिएको भन्दै केकी अधिकारीको आपत्ति


