काठमाडौं– नेपाल, अमेरिका तथा पोल्याण्डको संयुक्त लगानीमा नयाँ नेपाली फिल्म ‘शिरजरा– Song Of Grandmother’ बन्ने भएको छ ।
यो फिल्मको निर्माणमा नेपालको किङ्गडम नेटवर्क, अमेरिकाको फ्याक्चर एलएलसी तथा पोल्याण्डको फिक्जा फिल्म्सले सहकार्य गर्ने भएका हुन् ।
विकास सुवेदीको लेखन तथा निर्देशन रहने यो फिल्मलाई सुवास भुषाल (नेपाल) ले निर्माण गर्नेछन् । फिल्मको कार्यकारी निर्मातामा क्रिस बेरुटी (अमेरिका) रहेका छन् भने पोल्याण्डमा पोष्ट–प्रोडक्सनको काम हुने जनाइएको छ ।
मेटा–मोर्डन फिलोसोफिकल ड्रामा जनारामा निर्माण हुने जनाइए पनि फिल्मको कथा भने खुलाइएको छैन । हाल प्रि–प्रोडक्सनको काम भइरहेको यो फिल्मको छायाँकन फेब्रुअरी २०२६ देखि प्रारम्भ हुनेछ ...
सुवेदीको निर्देशनमा ‘शिरजरा’, नेपाल, अमेरिका र पोल्याण्डको संयुक्त लगानी


