काठमाडौं– पिताको निधनपछि उनको इच्छा अनुसार ‘आत्मा’ बाटो लगाउन राई समुदायमा गरिने परम्परागत कुलको बिजुवा अर्थात् नाक्छोङको कथामा आधारित फिल्म ‘नाकछोङ’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
ट्रेलरमा बिजुवाका लागि एक छोराले परिवार, समाज र समयसँग गर्नुपर्ने गहिरो आन्तरिक तथा सामाजिक संघष समेटिएको छ ।
फिल्मको लेखन तथा निर्देशन किरण राईले गरेका हुन् भने निर्माता ज्योतिराज राई रहेका छन् । निर्माता राईले यो फिल्मले राई समुदायको परापूर्वकालदेखि पुस्तौँ–पुस्ता चलिआएको गहिरो सांस्कृतिक चेतना, आत्मिक अनुशासन र कुल परम्परालाई सिनेम्याट्रिक भाषामा पुनर्जीवित गर्ने बताए ।
‘नाकछोङ कुनै काल्पनिक पात्र नभई पुस्तौँदेखिका ...
ट्रेलरमा ‘नाकछोङ’: राई समुदायको कथा (भिडियो)


