काठमाडौं– कोशी प्रदेशको पर्यटनलाई प्रवर्धन गर्न नेपाली फिल्मलाई सदुपयोग गर्ने तयारी थालिएको छ । मंगलवार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेशको पर्यटनलाई प्रवर्धन गर्न नेपाली फिल्मले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा छलफल गरिएको छ । कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा कोशी पर्यटन वर्ष–२०८२ सम्बन्धि अन्तरक्रिया कार्यक्रम काठमाडौंको लाजिम्पाटस्थित दुषित प्रिन्सेस होटलमा सम्पन्न भएको हो ।
कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले नेपाली फिल्म उद्योग तथा पर्यटन क्षेत्रबीचको सहकार्यले प्रदेशको आर्थिक तथा सांस्कृतिक पहिचान सुदृढ हुने विश्वास व्यक्त गरे साथै कोशी प्रदेशमा ...
नेपाली फिल्ममार्फत कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने तयारी


