काठमाडौँ । चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’को ‘सृष्टिकै पहिलो नाम’ रिलिज गरिएको छ। काठमाडौंमा एक कार्यक्रम गर्दै गीत रिलिज गरिएको हो। गीतको भिडियोमा विपना थापा,पल शाह,प्रदीप रावत,सिम्रन पन्त,उषा उप्रेती,साइग्रेस पोखरेल,गजित बिष्ट लगायतलाई देख्न सकिन्छ। परदेशिएको छोराको विलौना र आमाको मायालाई गीतको भिडियोमा दर्शाइएको छ। यस मार्मिक गीतमा शब्द रचना तथा संगीत बाबुल गिरीको छ …
‘आ बाट आमा’ को पहिलो गीत सार्वजनिक


