काठमाडौं– नयाँ नेपाली फिल्म ‘झरिपछिको इन्द्रेणी’ को ओरिजिनल साउण्ड ट्रयाक अथाृत ओएसटी सार्वजनिक भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को युट्युब च्यानलबाट आइतवार साँझ सार्वजनिक यो आफ्नो र्याप गीतलाई बालेनले आफ्ना बुवाप्रति समर्पित गरेका छन् । र्याप कोरसमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’ समावेश छ । कोरस गायन दीक्षा उप्रेतीको छ ।
‘आम नेपाली बुवा’ मा र्यापसँगै शब्द पनि बालेनको छ । आम बुवाको संघर्ष, जिम्मेवारी, भावनात्मक सम्बन्धलगायत समाजको यथार्थ र्यापमा समावेश गरिएको छ । भिडियोमा फिल्मका दृश्यहरू समेटिएको छ ।
नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण ...
दर्शकले मन पराए बालेनद्वारा बुवाप्रति समर्पित ‘झरीपछिको इन्द्रेणी’ को र्याप (भिडियो)


