अब अमेरिकामा ‘मन बिनाको धन’

KalakarmiKalakarmiSourceDec 11, 20251 min read
अब अमेरिकामा ‘मन बिनाको धन’
काठमाडौं– नेपालमा पाँचौँ हप्तासम्म सफलतापूर्वक प्रदर्शन भइरहेको नेपाली फिल्म ‘मन बिनाको धन’ अब अमेरिकामा समेत प्रदर्शन हुने भएको छ । सानो गाउँबाट प्रारम्भ भएको बाल गायक तथा अभिनेता अशोक दर्जीको संघर्षपूर्ण जीवन यात्रालाई भावनात्मक रूपमा प्रस्तुत गरिएको यो फिल्मले देशभर दर्शकको मन जितिसकेको छ । ग्रेट इभेन्ट मुभीको प्रस्तुतिमा यो फिल्मलाई अमेरिकी दर्शकसमक्ष लैजाने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ । नेपालमा फिल्मले तीन करोड ८० लाख रुपैयाँभन्दा बढी व्यवसाय गरिसकेको छ । अमेरिकामा प्रदर्शनको औपचारिक घोषणा भइसकेको र विभिन्न शहरहरूमा शोको तयारी भइरहेको जानकारी निर्माण टिमले दिएको छ । अमेरिकामा बस्ने ...