दर्शकले मन पराए ‘आ बाट आमा’ को टीजर, दुई दिनमा नै ११ लाख भ्युज

KalakarmiKalakarmiSourceDec 11, 20251 min read
दर्शकले मन पराए ‘आ बाट आमा’ को टीजर, दुई दिनमा नै ११ लाख भ्युज
काठमाडौं– चन्द्र पन्तद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को टीजरले सार्वजनिक भएको दुई दिन मै एक मिनियन भ्युज कटाउन सफल भएको छ । युट्यूब मार्फत सार्वजनिक भएको छोटो समयमै टीजरले ११ लाख भ्युज कटाएको हो । टीजरमा ५२ हजार लाइक आएको छ भने २१ सयभन्दा बढीले कमेन्ट गर्दै फिल्मको प्रतिक्षामा रहेको प्रतिक्रिया दिएका छन् । युटयुबमा कमेन्टकर्ता आशिष मल्ल ठकुरीले यो फिल्मको टीजरलाई एक सय ३ पटक हेर्दा पनि आफ्नो मन नभरिएको प्रतिक्रिया दिएका छन् । उनी लेख्छन् – ‘१०३ चोटी हेरिसकेँ । मनै भरिएन । अब सिधै फिल्म ...