काठमाडौं– विश्व शान्ति फिल्म्स प्रालिले निर्माण गरेको नयाँ नेपाली फिल्म ‘तलाश’ आगामी फागुन महिनामा रिलिज हुने भएको छ । हस्त लिबाङको डेब्यू निर्देशकीय फिल्म मोरङ, धरान, इलाम र काठमाडौंमा छायांकन गरिएको छ ।
निर्देशक लिबाङले समाजमा रहस्यमय तरिकाले घटने आपराधिक घटनाहरुसँग सम्बन्धित कथालाई फिल्ममा देखाइएको बताए । उनले फागुनमा रिलिज हुने भनिए पनि कुन मितिमा रिलिज हुने भन्नेबारे आन्तरिक छलफलमा रहेको जानकारी दिए ।
फिल्ममा एलिना बाँस्कोटा, राजकुमार लिङदेन, सोम लामा, बिमला खजुम, हस्त लिबाङ, अन्जिता नेम्वाङ, दिलिप ठकुरी, अजय खडका, मुकेश कालिकोटे, दावा मिङमार शेर्पा, पुन्य ओझा, सागर केरुङ, विमल ...
फागुनमा हस्त लिबाङको ‘तलाश’


