मानवबेचबिखन तथा ओसार पसार कसूर गेष्ट हाउसका संचालक पक्राउ

KalakarmiKalakarmiSourceNov 26, 20231 min read
मानवबेचबिखन तथा ओसार पसार कसूर गेष्ट हाउसका संचालक  पक्राउ
सप्तरी- मानवबेचबिखन तथा ओसार पसार कसूरमा राजविराज नगरपालिका-३ स्थित लक्ष्मी गेष्ट हाउसका संचालक समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गेष्ट हाउसका संचालक राजविराज नगरपालिका-६ बस्ने ५७ वर्षीय अरुण चन्द्र मिश्र र गेष्ट हाउसका प्रबन्धक महादेवा गाउँपालिका-२ बस्ने ४१ वर्षीय राम प्रकाश मण्डल रहेका छन् । उक्त गेष्ट हाउसमा वेश्यावृती भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले गेष्ट हाउसमा महिलाहरूलाई विभिन्न प्रलोभन देखाई जबरजस्ती वेश्यावृती गराउने कार्य भइरहेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । उनीहरू उपर मानवबेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गतको ...