काठमाडौं– अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको नयाँ नेपाली फिल्म ‘बोक्सीको घर’ को प्रदर्शन मिति घोषणा गरिएको छ । यो फिल्म आगामी वर्षको वैशाख १४ गतेदेखि प्रदर्शनमा आउने भएको हो ।
केकीको होम प्रोडक्सनमा निर्माण भएको फिल्म वैशाखमा प्रदर्शन गर्न लागेको जानकारी दिइन् । आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ माथि रहेर यो फिल्म निर्माण गरिएको हो ।
नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले यो फिल्म निर्देशन गरेका हुन् ।
फिल्ममा केकीसहित सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।
महिलालाई बोक्सीको ...
‘बोक्सीको घर’ को प्रदर्शन मिति घोषणा


