बक्स अफिसमा सुपरहिट ‘परान’

KalakarmiKalakarmiSourceDec 9, 20251 min read
बक्स अफिसमा सुपरहिट ‘परान’
काठमाडौं– डेढ महिनाअघि प्रदर्शनमा आएको नेपाली फिल्म ‘परान’ ले यो वर्षकै सबैभन्दा बढी आम्दानी गर्ने फिल्मको सूचीमा आफूलाई पहिलो स्थानमा कायम राखेको छ । गत कात्तिक १४ गतेदेखि प्रदर्शनरत यो फिल्मले गत मंसिर २० गते अर्थात शनिवार मध्य रातिसम्म कुल १६ करोड ९७ लाख ९३ हजार ३ सय ४५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यो आँकडासँगै ‘परान’ यो वर्ष प्रदर्शनमा आएका फिल्महरुमध्ये सबैभन्दा उच्च आम्दानी गर्ने फिल्मको रुपमा स्थापित भएको छ । चलचित्र विकास बोर्डले नियमित रुपमा सार्वजनिक गर्दै आएको नेपाली फिल्मको बक्स अफिस रिपोर्टअनुसार ‘परान’ को पछिल्लो डेढ महिनाको अवधिमा ...