काठमाडौं- हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ को डेब्यू निर्देशनमा निर्माण भएको फिल्म ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
आइतवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको दुई मिनेट ५५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो ।
फिल्मको सार्वजनिक ट्रेलरले कथावस्तुका बारेमा प्रकाश पारेको छ । भ्रष्टाचार र बेथितीविरुद्ध एक जेन-जी युवाले काठमाडौंको माइतीघर मण्डलाबाट थालेको आन्दोलनको कथावस्तुमा फिल्मको आधारित रहेको ट्रेलरबाट बुझ्न सकिन्छ । यो ट्रेलरले केही समय अगाडि नेपालमा भएको जेनजी आन्दोलनको झल्को दिन्छ ।
विदेश गएर उच्च शिक्षा अध्ययन गर्ने युवाको सपना पूरा नहुँदा उसले कसरी भ्रष्टाचार र बेथितीविरुद्ध ...
ट्रेलरमा ‘झरीपछिको इन्द्रेणी’: जेन-जी आन्दोलनको झल्को


