‘तरंग’मार्फत् ठूलो पर्दामा आउँदै वरुण

eHimalaya TimeseHimalaya TimesSourceDec 5, 20251 min read
‘तरंग’मार्फत् ठूलो पर्दामा आउँदै वरुण
काठमाडौं । चलचित्र ‘तरंग’मार्फत् वरुण अधिकारीले नेपाली चलचित्रमा डेब्यु गर्नुहुने भएको छ । अभिनेता प्रदीपकुमार चौधरीको निर्देशनमा निर्माण भइरहेको चलचित्रमार्फत् वरुण ठूलो पर्दामा आउन लाग्नुभएको हो । एक दर्जनभन्दा बढी गीतका भिडियोमा अभिनय गरिसक्नुभएका वरुण चलचित्रमार्फत् दर्शकमाझ प्रस्तुत हुन पाउँदा उत्साहित हुनुहुन्छ । चलचित्रको कथा, पात्र तथा निर्देशकको विश्वासले आफू ‘तरंग’सँग जोडिएको उहाँले बताउनुभयो ।