नयाँ पोस्टरमा ‘द ब्ल्यू लाइट’, केन्द्रमा बेनिशा

KalakarmiKalakarmiSourceDec 5, 20251 min read
नयाँ पोस्टरमा ‘द ब्ल्यू लाइट’, केन्द्रमा बेनिशा
काठमाडौं– आगामी पुस १० गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘द ब्ल्यू लाइट’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका मुख्य तीन कलाकारहरु बेनिशा हमाल, महेश त्रिपाठी तथा ग्रिस्मा कटुवाल फिचर्ड छन् । तीन कलाकार रहे पनि पोस्टरको केन्द्रमा अभिनेत्री बेनिशा हमाल छिन् । बेनिशा पोस्टरका तीन ठाउँमा छिन् । सबैभन्दा ठूलो आकृतिमा उनी प्रसन्न मुद्रामा देखिएकी छिन् । जहाँ उनको मुहार मात्रै देखिन्छ । यसले उनका जिन्दगीप्रति आशा रहेको देखाउँछ । फिल्मका क्यारेक्टर झल्काउने अर्को उनको लुक्स पनि छ, जहाँ उनको हातमा सिगरेट छ । रेलिङमा उनी अडेस लागेकी ...