१३ औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल मंसिर २५ गतेदेखि, २६ देशका फिल्म देखाइने

KalakarmiKalakarmiSourceDec 3, 20251 min read
१३ औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल मंसिर २५ गतेदेखि, २६ देशका फिल्म देखाइने
काठमाडौं- विश्वभरका मानव अधिकार केन्द्रित फिल्महरूलाई एउटै छानामुनि ल्याउने उद्देश्यका साथ १३औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल काठमाडौंमा सुरु हुने भएको छ । मंसिर २५ देखि २९ गतेसम्म चल्ने पाँच दिने महोत्सवमा यस वर्षको मूल विषयवस्तु ‘बाल अधिकार’ रहेको छ । महोत्सवका दौरान नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डका हलहरूमा २६ देशका ५० चलचित्रहरू प्रदर्शन गरिने छन्। महोत्सवमा छानिएका धेरैजसो फिल्महरूले कान्स, बर्लिनाले, भेनिस र बुसान जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवहरू सहभागिता जनाइसकेका छन् । यी हुन् प्रमुख आकर्षण कान्स फिल्म फेस्टिभल २०२५ अन्तर्गत पाल्मे डी ओर ९लघु चलचित्र० विजेता ...