काठमाडौं- उज्यालो नेपाल पार्टीमा जोडिएकी अभिनेत्री रिमा विश्वकर्माले जेनजी आन्दोनमा गोली चलाउन आदेश दिने तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली जस्तो नेता अब यो देशलाई खाँचो नभएको बताएकी छिन् ।
बुधवार उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभामा बोल्दै उनले देशले जवाफदेही नेतृत्व खोजिरहेको बेला प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर गोली चलाउने आदेश कसले दियो मलाई थाहा छैन् भन्ने जस्तो गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिने नेता अब यो देशलाई नचाहिने बताएकी हुन् ।
उनले भनिन्, ‘यो देशको हालत हेरेर म कसैको भर गर्न सक्दिन् । म आफ्नै मात्रै भर गर्न सक्छु । देश ...


