फिल्म ‘पीआर’ को ट्रेलरमा अस्ट्रेलिया पुगेका नेपाली युवाको कथा

Himal KhabarHimal KhabarSourceDec 3, 20251 min read
फिल्म ‘पीआर’ को ट्रेलरमा अस्ट्रेलिया पुगेका नेपाली युवाको कथा
काठमाडौँ- शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर’ को ट्रेलर सार्वजनिक भएको छ। ३ मिनेट १ सेकन्डको ट्रेलरमा नेपालबाट पढ्नका लागि अस्ट्रेलिया पुगेका युवाको कथालाई देखाइएको छ। ऋण खोजेर अस्ट्रेलिया पुगेका युवाको सपना पीआर लिने भन्ने हुन्छ। यता नेपालबाट ऋणमा पठाएको छोराले पैसा पठाउन नसक्दा र उता विदेशको परिस्थिति बुझ्न नसक्दाको अवस्थालाई पर्दामा उतार्न खोजिएको छ। […]