प्रचार–प्रसारलाई उचाइ दिन काठमाडौं आइपुगे ‘पीआर’ का अभिनेता–अभिनेत्री

KalakarmiKalakarmiSourceDec 2, 20251 min read
प्रचार–प्रसारलाई उचाइ दिन काठमाडौं आइपुगे ‘पीआर’ का अभिनेता–अभिनेत्री
काठमाडौं– यहि मंसिर २६ गते शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘पीआर’ को बहुप्रतिक्षित ट्रेलर आज मंसिर १६ गते मंगलवार काठमाडौंमा एक समारोहको आयोजना गर्दै सार्वजनिक गरिँदैछ । आज दिउँसो तीन बजे प्रीमियर गरिने फिल्मको ट्रेलर सार्वजनिक समारोहमा फिल्मका मुख्य अभिनेता तथा अभिनेत्री आकर्षणको केन्द्र बन्ने भएका छन् । अष्ट्रेलियामा बसोबास गर्दै आएका फिल्मका अभिनेता आरए सुरज पौडेल तथा अभिनेत्री बिनिता कार्की ट्रेलर सार्वजनिक समारोहमा सहभागिता जनाउन आइतवार काठमाडौं आइपुगेका छन् । अघिल्लो साता अष्ट्रेलिया पुगेका फिल्मका निर्देशक शोभित बस्नेतसंगै उनीहरु काठमाडौं आएका हुन् । यो फिल्म निर्देशक शोभित ...