चलचित्र ‘रोल नं. १’ को छायाङ्कन सुरु, शैक्षिक मनोविज्ञानको दबाबलाई पर्दामा उतारिँदै

Thulo PardaThulo PardaSourceDec 1, 20251 min read
चलचित्र ‘रोल नं. १’ को छायाङ्कन सुरु, शैक्षिक मनोविज्ञानको दबाबलाई पर्दामा उतारिँदै
काठमाडौं – नेपाली चलचित्र ‘रोल नं. १’ को छायाङ्कन म्याग्दी जिल्लाबाट सुरु भएको छ। निर्माण पक्षले दिएको जानकारीअनुसार, दुई हप्ता लामो गहन प्रशिक्षणपश्चात् चलचित्र युनिट छायाङ्कनका लागि निस्किएको हो। निर्माता विनोद पौडेलले करिब डेढ महिनाको तालिका तय गरिएको जानकारी गराए। यस चलचित्रको मुख्य कथावस्तु भ्रम र कथित सामाजिक प्रतिष्ठाका नाममा विद्यार्थीले झेल्नुपर्ने मनोवैज्ञानिक दबाबमा केन्द्रित रहेको निर्माता पौडेलले बताए। यो कथाले ‘सबैलाई जित्नै […]