‘डल्लेले इन्ट्री मार्यो’ को फर्स्ट लुक्स सार्वजनिक, प्रदर्शन मिति घोषणा

KalakarmiKalakarmiSourceDec 1, 20251 min read
‘डल्लेले इन्ट्री मार्यो’ को फर्स्ट लुक्स सार्वजनिक, प्रदर्शन मिति घोषणा
काठमाडौं – आगामी चैत २७ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ को फर्स्ट लुक्स सार्वजनिक भएको छ । निर्माण टिमले सोमवार फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा मुख्य अभिनेता सागर लम्साल (बले) को लुक्स देख्न सकिन्छ । उनी हातको औँलाले सिगरेट तानेर झुम्म परेका दृश्यमा देखिएका छन् । कतै-कतै सिगरेट तान्दा उनी निदाएकाजस्तो देखिनु उनको क्यारेक्टरको विशेषता झल्काउँछ । पोस्टरले युवापुस्तामा बढ्दो कुलतप्रति निर्देशकले केही सन्देश दिन खोजेको अनुमान गर्न सकिन्छ । पोस्टरमा केवल सागर लम्साललाई मात्रै देखाइएको छ, अन्य कलाकार समावेश गरिएको छैन । फिल्मको अधिकांश छायांकन ...