‘सतिदेवी’ उत्कृष्ट बन्दा ‘भाग्य’ लाई जुरी अवार्ड

KalakarmiKalakarmiSourceFeb 6, 20241 min read
‘सतिदेवी’ उत्कृष्ट बन्दा ‘भाग्य’ लाई जुरी अवार्ड
सौराहा– चितवनको सौराहामा माघ १८ गतेदेखि प्रारम्भ भएको पाँच दिने सौराहा दक्षिण एशियाली चलचित्र महोत्सव सोमवार सम्पन्न भएको छ । रत्ननगर वडा नंं ७ चित्रसारी खेल मैदानमा आयोजित उक्त महोत्सवमा नजिकैको सिनेमा हलमा फिल्म प्रदर्शन गरिएको थियो । नेपाली फिल्मको विकास तथा सौराहासहित चितवनको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले यो महोत्सव आयोजना गरिएको आयोजक संस्थाको भनाइ छ । वृत्तचित्र निर्माता लव प्याकुरेलको संयोजकत्वमा चार सदस्यीय निर्णायक मण्डल रहेको उक्त महोत्सवमा महोत्सवमा लक्ष्मण सुवेदीद्वारा निर्देशित ‘सतिदेवी’ ले उत्कृष्ट फिल्मको अवार्ड जित्न सफल भएको छ । महोत्सवमा ‘बिच्छेद’ ले उत्कृष्ट लेखन तथा छायांकन, ...