‘परान’ को विशेष प्रदर्शनः

eHimalaya TimeseHimalaya TimesSourceNov 29, 20251 min read
‘परान’ को विशेष प्रदर्शनः
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित मन्त्रालयका कर्मचारी तथा राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिका सदस्यले चलचित्र ‘परान’ हेरेर नेपाली चलचित्र क्षेत्रप्रति सरकारको प्रतिबद्धता झल्काउनुभएको छ । दीपक आचार्य निर्देशित चलचित्र ‘परान’ को ठमेलस्थित क्यूएफएक्स छायाँ सेन्टरमा विशेष प्रदर्शनसहित ‘नेपाली चलचित्रको वर्तमान अवस्था तथा चलचित्र क्षेत्रमा गर्नुपर्ने सुधार’ विषयक छलफल कार्यक्रम आयोजना गरिएको थियो ।