‘परानले समाजलाई राम्रो सन्देश दिएको छ’

KalakarmiKalakarmiSourceNov 26, 20251 min read
‘परानले समाजलाई राम्रो सन्देश दिएको छ’
काठमाडौं– दर्शकले नेपालीपन, यथार्थ जीवनका कथा तथा समसामयिक संवेदनालाई उत्कृष्ट तरिकाले प्रस्तुत गरिएको भन्दै नेपाली फिल्म ‘परान’ लाई निरन्तर माया र साथ दिइरहेका छन् । चौथो सातामा प्रवेश गर्दा पनि दर्शकको संख्या घटेको छैन, जसले ‘परान’ लाई वर्षको सफल चलचित्रमध्ये एक बनाउँदै लगेको छ ।यसरी दर्शकको राम्रै साथ र समर्थन पाइरहेका बेला ‘परान’ ले निम्बस ग्रुपको पनि ध्यान खिचेको छ । फिल्मको सदाबहार प्रदर्शनको मौकामा निम्बस ग्रुपले आफ्ना कर्मचारी र उनीहरूका परिवारसहित सामूहिक रुपमा यो फिल्म हेरेको हो । हालै पुल्चोकस्थित लाबिम मलमा कर्मचारीसहित यो फिल्म हेरेको निम्बस ग्रुपले जनाएको ...