‘परान’ ले अष्ट्रेलियामा चार दिनमै कमायो ६२ हजार डलर, बक्स अफिसको छैंठौं स्थानमा पर्न सफल

KalakarmiKalakarmiSourceNov 25, 20251 min read
‘परान’ ले अष्ट्रेलियामा चार दिनमै कमायो ६२ हजार डलर, बक्स अफिसको छैंठौं स्थानमा पर्न सफल
काठमाडौं- यसवर्ष नेपाली बक्स अफिसमा छलाङ मारिरहेको फिल्म ‘परान’ले घरेलु बक्स अफिसमा मात्र नभई डायस्पोरामा समेत आफ्नो सफल प्रदर्शनलाई निरन्तरता दिएको छ। फिल्मले अष्ट्रेलियाको बक्स अफिसमा राम्रो ब्यापारको सुरुवात गरेको छ । वितरक कम्पनी नमस्ते इन्टरटेन्मेन्टका मोति कार्कीका अनुसार अस्ट्रेलियामा रहेका नेपाली दर्शकले परानप्रति देखाएको चासो प्रसंशा योग्य छ । नमस्ते इन्टरटेन्मेन्टले ‘परान’लाई अष्ट्रेलिया तथा न्यूजिल्याण्डमा प्रदर्शन गर्ने अधिकार पाएको छ। कार्कीका अनुसार ‘परान’ले अष्ट्रेलियामा रिलिजको चौथो दिन आइपुग्दा ६२ हजार अष्ट्रेलियन डलर कमाइ गरिसकेको छ । साथै ३० भन्दा बढी शोसहित अष्ट्रेलियामा प्रदर्शन भइरहेको छ । चलचित्रका निर्माता रन्जित आचार्यका अनुसार ...