४० दिनमा भयो ‘परालको आगो’ को ईण्ड–क्ल्याप, प्रदर्शन मिति घोषणा

KalakarmiKalakarmiSourceNov 25, 20251 min read
४० दिनमा भयो ‘परालको आगो’ को ईण्ड–क्ल्याप,  प्रदर्शन मिति घोषणा
काठमाडौं– फ्लोरमा गएको ४० दिनमा नेपाली फिल्म ‘परालको आगो’ को छायांकन पूरा भएको छ । निर्माण टिमले दशैँ अघिदेखि म्याग्दीको विभिन्न स्थानबाट छायांकन थालेको यो फिल्मको छायांकन मंगलवार सकाएको हो । फिल्मको सुटिङ सकेसँगै निर्माण टिमले तीन फरक– फरक लुक्सका तस्विर र रिलिज डेटसमेत सार्वजनिक गरेको छ । यो फिल्म आगामी वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने निर्माता सुशील पोखरेलले बताएका छन् । उनले भने– ‘मैले अरु फिल्म प्रदर्शनको समयमा नआउने निर्णय गरेको छु । अरु फिल्म पनि चल्नुपर्छ भन्ने मान्यता राख्दै साधारण डेटमा आफ्नो फिल्म रिलिज गर्ने तयारीमा छु ...