नेपाली फिल्मको अर्को ऐतिहासिक उपलब्धि, ‘राजागञ्जः पूजा सर’ ३० हजार फिटमाथि

KalakarmiKalakarmiSourceNov 24, 20251 min read
नेपाली फिल्मको अर्को ऐतिहासिक उपलब्धि, ‘राजागञ्जः पूजा सर’ ३० हजार फिटमाथि
काठमाडौं– नेपाली फिल्म ‘राजागञ्जः पूजा सर’ विश्वका ५ मुख्य अन्तर्राष्ट्रिय एयरलाइन्सहरू– कतार, अमेरिकन, युनाइटेड, लुफ्थान्सा तथा स्वीस एयरलाइन्सबाट एकैसाथ स्ट्रिमिङ हुन थालेको छ । यी एयरलाइन्सहरूबाट यात्रा गर्ने यात्रुले अब यो फिल्म आकाशमै हेर्न पाउने छन् । सन् २०१२ मा प्रतिष्ठित बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रतिस्पर्धा गरेको आदि फिल्म्सको पहिलो कथानक फिल्म ‘हाईवे’ नेपालको पहिलो फिल्म थियो, जसले विश्वका प्रमुख फिल्म फेस्टिभलमा प्रीमियर गरेको थियो । गत वर्ष संसारकै पुरानो भेनिस फिल्म फेस्टिभलमा प्रीमियर भएता पनि नेपालका बाँसुरी फिल्म्स र नर्वेको ट्यानहाउजर गेटको सहकार्यमा आदि फिल्म्सले निर्माण गरेको ‘राजागञ्जः पूजा ...